
चितवन । चितवन क्षेत्र नं। २ को उपनिर्वाचनमा ५६ हजार चार सय ९६ मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का रवि लामिछानेले ४० हजार ६९ मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले सात हजार ४ सय ५७ र नेकपा एमालेका रामप्रसाद न्यौपानेले सात हजार २ सय ६८ मत प्राप्त गरेका छन् ।
भरतपुर महानगरपालिकाका क्षेत्र नं २ मा पर्ने १० वटै वडा र इच्छाकामना गाउँपालिकाको मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए ।
हालसम्म आठ सय ७० मत बदर भएको छ । उका अनुसार कालिका नगरपालिकाको मतगणना सुरु भएको छ ।














