Logo
Logo

प्रधानन्यायाधीश नियुक्तीको माग गर्दै आजदेखि बारकाे आन्दोलन


819
Shares

काठमाडौं । वकिलहरूको साझा संगठन नेपाल बार एशोसिएशन आजदेखी आन्दोलनमा उत्रिने भएको छ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तीसहित ८ वटा माग राखेर बार आन्दोलनमा उत्रिन लागेको हो ।

बैशाख १७ गतेबाट एक हप्तासम्म प्ले कार्ड र ब्यानरसहित संबैधानिक परिषद् प्रमुख र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने अभियानको थालनी गरिएको बारका महासचिव अधिबक्ता अन्जिता खनालले जानकारी दिए ।

स्वतन्त्र न्यायापालिकाको रक्षा गरौं, न्यायलय भित्रको भ्रष्टचार, विकृत, बिसंगती अन्त्य गर, पूर्ण स्वचालित पेशी ब्यवस्थापन प्रणाली लागु गर, प्रधानन्यायधीश नियुक्ती अबिलम्ब गर, संबैधानिक परिषदको बैठक अबिलम्ब बोलाउ, सुनवाई समिति गठन गर भन्ने मागसहित बार आन्दोलमा उत्रेको हो ।

देशैभरी आन्दोलन गर्नका लागि केन्द्रिय बारले मातहतका समितिहरुलाई निर्देशनसमेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्