काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी उपचार गरेर स्वदेश फर्किएका छन् । भारतको मुम्बईस्थित नेशनल बर्न अस्पतालमा उपचारपछि नेता भण्डारी आइतबार साँझ स्वदेश फर्किएका हुन् ।

गत फागुन ३ गते राति आफ्नो निवास बुद्धनगरमा ग्यास लिक भएर आगालागीबाट गम्भीर घाइते भण्डारी स्वास्थ्य उपचारपछि आइतबार फर्किएका हुन् । उनको भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार गरिएको थियो ।
अहिले नेता भण्डारीको स्वास्थ्यमा सुधार आएको छ । उनी बोल्ने र हिँड्ने गर्न थालेका छन् । आगलागीमा परी नेता भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए । उनकी आमा हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते निधन भएको थियो ।
त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै आमा नभएको आफूलाई अहिले भर्खरैमात्रै थाहा भएको बताए ।
नेपाल फर्केसँगै अब नेता भण्डारीले घरमै फिजियोथेरापी गर्नुका साथै पोलेको घाउ ड्रेसिङ गर्न अस्पताल जानेछन् ।











