Logo
Logo

किराती रैथाने ज्ञान र सीपको महत्व झनै बढेको छ : मन्त्री किराती


378
Shares

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री माननीय सुदन किरातीले रैथाने ज्ञान र सीपको महत्व अहिलेको समयमा झनै बढेको बताएका छन् ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको १४औं प्राज्ञ सभाको शनिबार उद्घाटन गर्दै उनले मान्छेबाट मान्छेमा सर्ने उक्त ज्ञानलाई संरक्षण गर्दै प्राज्ञिक क्षेत्रमा समेत अघि बढ्ने उद्देश्य राखेर नै सरकारले रैथाने विश्वविद्यालयको अवधारणा अघि ल्याएको बताएका हुन् ।

उनले भने, ‘समाजमा रहेको मूल्य मान्यताको संरक्षण गर्न रैथाने विश्वविद्यालयको कुरा गरेको हो ।’ उनले मोतिराम भट्ट, लक्ष्मी प्रसाद देवकोटा, नेल्सन मण्डेलाको उदाहरण दिँदै एक बारको जीवनमा सबैले सम्झिने गरी काम गनुपर्ने कुरामा जोड दिए । उनले थपे, ‘सबैले राम्रो काम गरौं । हामी अजम्बरी छैनौं । मान्छे कामले बाँच्ने हो ।’

कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्य मन्त्री सुशिला सिर्पालीले प्रतिष्ठानले नीति निर्माण गर्दा २२ सालको भन्दा ८० सालको कुराले निर्धारण गर्न आवश्यक भएको धारणा राखे । उनले सबैजना नयाँ युग सुहाउँदो र संविधानले मागेको कुरासँग जोडिनुपर्ने बताए ।

राष्ट्रिय योजना आयोगका सदस्य राम कुमार फुयाँलले भाषा, साहित्य, संगीत, ललितकलाको क्षेत्रमा प्रदेशसँग जोडिएर बहुभाषिक संग्रहालय, अनुसन्धान, अभिलेख, जीवित संग्रहालयको विषयमा काम गर्न जरुरी भएको बताए ।

उनले यस विषयमा समाजलाई सही ढंगको सूचना सम्प्रेषण गर्न कक्षा सञ्चालन गर्न आवश्यक रहेको उहाँको भनाई छ । प्रतिष्ठानले ठोस रुपमा योगदान पुग्न सक्नेगरी काम गरिरहँदा अन्तबाट रकमान्तर गरेर पनि काम अघि बढाउन सकिने धारणा उनको छ ।

प्रतिक्रिया दिनुहोस्