Logo
Logo

सरकारबारे निर्णय गर्न रास्वपाको बैठक बस्दै


945
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति र संसदीय दलको बैठक आज बस्दै छ ।

केन्द्रीय समितिको बैठक बिहान ११ बजे र संसदीय दलको बैठक दिउँसो ३ बजे बस्ने महामन्त्री एवं पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

यी दुवै बैठक काठमाडौंको वसुन्धरास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । बैठकमा हालै सम्पन्न उपनिर्वाचनको समीक्षा, राजनीतिक परिस्थितिको समीक्षा, संसदीय दलको नेता, विभागहरू गठनलगायत विषयमा छलफल हुने उनले जानकारी दिए ।

पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको समर्थन फिर्ता लिने वा कायम राख्ने विषयमा पनि निर्णय गर्ने बताइएको छ । बैठकका विभिन्न एजेन्डामध्ये सरकारमा सहभागी वा बहिर्गमन पनि एक रहेको पार्टी उपसभापति एवं सांसद डीपी अर्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्