Logo
Logo

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक


1.5k
Shares

काठमाडौं । सत्तारुढ गठबन्धन बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । सरकारको नीति तथा कार्यक्रमबारे छलफलको बैठक बसेको हो । साथै, आजको बैठकमा गठबन्धनमा रहेपनि सरकारमा सहभागी नभएका दललाई समावेश गरेर मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा समेत छलफल हुने बताइएको छ ।

पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सरकारमा सहभागी गराउनेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रयास गर्दै आएका छन् ।

यस्तै कांग्रेस सभापति शेरबहादुर देउवा र लामिछानेबीच पनि मंगलबार भेटवार्ता भएको थियो । तर, सरकारमा जाने, नजानेबारे रास्वपाले शुक्रबार पार्टी केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठक बसेर मात्र निर्णय गर्ने जनाएको छ । बैठकमा सत्तारुढ गठबन्धनमा रहेका शीर्ष नेताहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्