Logo
Logo

केन्द्रीय सहितसहित दर्जनौँले त्यागे समाजवादी पार्टी


- दृष्टि न्युज/संवाददाता


भद्रपुर, ७ मंसिर । समाजवादी पार्टी नेपालकी केन्द्रीय सदस्य देवकला प्रसाईंसहित झापाका दर्जनौँ कार्यकर्ताले सो पार्टी परित्याग गरेका छन् ।
परित्याग गर्नेमा प्रसाईंसहित सो पार्टीको प्रदेश नं १ कमिटी सदस्य पनिता ढकाल, संगीय परिषद् सदस्य उदय गुरुङ, शिल्पी मोर्चाका केन्द्रीय सदस्य बुद्ध बराइलीलगायत छन् । उनीहरुले शनिबार प्रेस विज्ञप्ति जारी गरी पार्टीकोे कार्यदिशा अस्पष्ट भएकाले परित्याग गरेको जनाएका छन् ।
गत स्थानीय तहको निर्वाचनमा केन्द्रीय सदस्य प्रसाईं अर्जुनधारा नगरपालिकाको प्रमुख र प्रदेश सदस्य ढकाल मेचीनगर नगरपालिकाको उपप्रमुखमा तत्कालीन नयाँ शक्ति पार्टीका तर्फबाट उम्मेदवार भएका थिए ।

प्रतिक्रिया दिनुहोस्