
काठमाडौं । नेपाल धितोपत्र बोर्डले ४३ वटा कम्पनीलाई ब्रोकर लाइसेन्सको आशयपत्र (एलओआई) दिएको छ ।
बोर्डले आवेदन दिएका ४६ कम्पनीमध्ये ३ वटा कम्पनीको आवेदन रद्द गर्दै बांकी सबै कम्पनीलाई लाइसेन्सको आसयपत्र दिएका हो ।
तीन कम्पनी इगल स्टक इक्विटी, एनआईसी एसिया सेक्युरीटिज र सेन्चुरी स्टक ब्रोकरको आवेदन रद्द भएको छ । बोर्डका अनुसार इगलले रितपूर्वक निवेदन दिएको थिएन । कम्पनीले ऐन र नियमावलीका शर्त नै पुरा नगरी आवेदन दिएको थियो । एनआईसी एसिया कम्पनी नै खारेज भैसकेको छ । सेञ्चुरी स्टकले अनुमतिपत्रको लागि पेश गरेको निवेदन नै फिर्ता लिएको थियो ।
बाँकी सबैलाई भने बोर्डले पूर्वाधार तयार गर्न ६ महिनाको अवधिसहित आशयपत्र दिएको छ । आवेदक मध्ये ४३ जनाले दसैंसम्म शर्त बमोजिम न्यूनतम पूर्वाधार तयार गरी बोर्डलाई सूचित गर्नेछन् । यस्तो जानकारी पाएको तीस दिनभित्र बोर्डले स्थलगत निरीक्षणपछिअनुमतिपत्र दिने जनाएको छ ।












