Logo
Logo

प्रधानमन्त्री शाहको चीन भ्रमणको मिति अझै तय भएको छैन : परराष्ट्रमन्त्री खनाल


0
Shares

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको चीन भ्रमणको मिति तय भइनसकेको बताएका छन् ।

आइतबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ का मतदातासँगको भेटघाटका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रधानमन्त्रीको चीन भ्रमणका लागि परराष्ट्र मन्त्रालयले तयारी गरिरहेको भए पनि भ्रमणको मिति र समय टुंगो नलागेको स्पष्ट पारे ।

भारत भ्रमणपछि उत्तरी छिमेकी चीनको भ्रमण हुनु स्वाभाविक भएकाले यससम्बन्धी समाचार आएको हुन सक्ने उनको भनाइ थियो ।

‘छिमेकी मुलुक भारतको भ्रमण सकिएपछि उत्तरी छिमेकी चीनको पनि भ्रमण हुन्छ भन्ने आधारमा समाचार आएका होलान् । तर अहिलेसम्म प्रधानमन्त्रीको चीन भ्रमण कहिले हुने भन्ने कुराको टुंगो लागिसकेको छैन,’ मन्त्री खनालले भने ।

उनले उच्चस्तरीय भ्रमणका लागि परराष्ट्र मन्त्रालयले आफ्नो तयारीको काम निरन्तर अघि बढाइरहेको पनि जानकारी दिए । यद्यपि प्रधानमन्त्रीको चीन भ्रमणको निश्चित मिति र समय भने तय नभइसकेको उनको भनाइ छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000