
काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट प्रवासी नेपाली एकता मन्च अमेरिकाले नक्कली शरणार्थी प्रकरणमा निष्पक्ष र सत्य तथ्ययुक्त छानबिन गर्न माग गरेको छ ।
अहिले नेपालमा उदांगिएको नक्कली भुटानि शरणार्थी प्रकरणले देशको स्वाभिमान र शीर निहुर्याएको ठहर गर्दै अध्यक्ष शंकर पन्तले निष्पक्ष र सत्य तथ्ययुक्त छानबिन गरि सशक्त कारबाही गर्न माग गरेका हुन् ।
उनले अहिले देश आर्थिक रुपमा कंगाल र राजनैतिक रुपमा अस्थिर र द्वन्द्धरत रहिरहनुको मुल कारण पनि भ्रष्टाचार भएको बताएका छन् ।
साथै अध्यक्ष पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार र गृहमन्त्री नारायणकाजी श्रेष्ठले शरणार्थी प्रकरणमा लिएको सुरुवाती पहलप्रति धन्यवाद व्यक्त गरेका छन् ।
नक्कली शरणार्थी प्रकरणमा हालसम्म पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमनत्रीसहित १३ जना आरोपीहरु पक्राउ परेका छन भने केही फरार भएका छन् ।














