Logo
Logo

अब के हुन्छ टोपबहादुरको सांसद पद ?


3.1k
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानममन्त्री एवम् प्रतिनिधिसभा सांसद टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।

नेपालीलाई शरणार्थी बनाएर अमेरिका पठाउने डगी कार्यमा संलग्न रहेको आरोप लागेपछि फरार रहेका उनलाई आइतबार पव्रहरीले बुढानिलकण्ठबाट पक्राउ गरेको हो । प्रहरीले पक्राउ गरेसँगै उनको सांसद पद निलम्बन हुने भएको छ ।

तर त्यसका लागि प्रहरीले संसद सचिवालयमा नियन्त्रणमा लिएको जानकारी गराउनुपर्नेछ । प्रहरीले प्रतिनिधिसभामा जानकारी दिएपछि सभामुखले निलम्बन गर्ने प्रावधान छ ।

कुनै पनि सांसद पक्राउ परेको सूचना संसदलाई जानकारी गराएपछि पद निलम्बनमा पर्ने प्रतिनिधिसभाका पूर्वसचिव गोपाल योगीले बताए ।

संसद चलिरहेको अवस्थामा सभामुखले बैठकमा जानकारी गराउने प्रावधान छ भने अधिवेशन नरहेको अवस्थामा सूचना टाँसेर जानकारी गराउने संसदीय प्रावधान प्रावधान छ ।

तर, रायमाझी पक्राउ परेको जानकारी अहिलेसम्म संसदलाई नगराइएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्