Logo
Logo

क्यान्टाेनमेन्टमा भ्रष्टाचार भएको ठहर भए जेल जान तयार छु- प्रधानमन्त्री


693
Shares

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्यान्टाेनमेन्टमा भ्रष्टाचार भएको ठहर भएको खण्डमा जेल जान तयार रहेको बताएका छन् ।

प्रतिनिधिसभामा जारी प्रश्नोत्तरका क्रममा सांसद ज्ञानबहादुर शाहीले ‘क्यान्टाेनमेन्टमा भएको भ्रष्टाचार किन छानविन भएन ?’ भन्ने प्रश्नको जवाफा दिने क्रममा प्रधानमन्त्री प्रचण्डले क्यान्टाेनमेन्टमा भ्रष्टाचार भएको भन्दै कसैले उजुरी दिएर भ्रष्टाचार ठहर भए आफू जेल जान तयार रहेको बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भने– ‘तत्कालीन जनमुक्ति सेना क्यान्टाेनमेन्टमा राख्ने सवाल माओवादीको मात्र सवाल थिएन । विस्तृत शान्ति सम्झौताको क्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रि संस्थाहरुको उपस्थितिमा त्यो काम भएको थियो । राज्यको उपस्थितिमा भएको काम हो । यहाँ कुनै पनि भ्रष्टाचार भएको छैन । तथापि, सकैले मुद्दा हालेर छानविन भएमा र भ्रष्टाचार भएको ठहर भएमा म जेल जान तयार छु ।’

शान्ति सम्झौतालाई टुङ्गोमा पुर्याउने क्रममा राज्यकै उपस्थितिमा भएको सेना समायोजनको सवाललाई आज राजनीतिक प्रतिशोधका आधारमा विषय बनाइएको भन्दै प्रधानमन्त्री प्रचण्डले असन्तुष्टि समेत जनाकाए छन् ।

प्रतिक्रिया दिनुहोस्