Logo
Logo

टेकुमा शनिदेवको मूर्ति स्थापना


1.4k
Shares

काठमाडौं । हरि ओम शरणम् पुचःले टेकुस्थित खोल्चा पाखामा शनिदेव र रामभक्त हनुमानको मूर्ति स्थापना गरेको छ ।
बिहीबार बिहान पुजाआजासहित प्राण प्रतिष्ठा गरिएको उक्त कार्यक्रममा स्थानीय भक्तजनहरुको सहभागिता थियो ।

पुजामा गुठीका नाय पूर्णमान श्रेष्ठले रुद्र विनायक मन्दिर परिसरमा शनिदेव र हनुमानको मूर्ति स्थापना गरेकामा स्थानीय भक्तजन खुसी भएको बताए । गुठीका सदस्य देवेन्द्रमान श्रेष्ठले मूर्ति बनाउनेदेखि स्थापना गर्ने सबै खर्च हरि ओम शरणम् पुचः बहिती पोखरी, सोह्रखुट्टेले गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्