Logo
Logo

पूर्वगृहसचिवले पचाए पचास लाख


61k
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान सकेपछि धेरै व्यक्तिलाई हाइसञ्चो भएको छ । बिचौलियाबाट फाइदा लिएका तर प्रहरी अनुसन्धानबाट जोगिएका दर्जन व्यक्तिहरू सोमबारदेखि तनावमुक्त भएका छन् ।

यसरी जोगिनेमध्ये केपी शर्मा ओलीका विश्वास पात्र पूर्वगृहसचिव महेश्वर न्यौपाने हुन् । उनले बिचौलिया समूहबाट करिब ५० लाख लिएको प्रहरी अनुसन्धानमा देखिएको छ । पक्राउ परेका सानु भण्डारीको डायरीमा सो विवरण उल्लेख छ । तर, नगद पैसा लेनदेन भएकाले बलियो प्रमाण जुटाउन प्रहरीले सकेन । जसकारण पैसा पचाउन न्यौपाने सफल भएका छन् ।

बालकृष्ण पन्थी नेतृत्वको प्रतिवेदन कार्यान्वयनमा सघाउने भन्दै उनले पैसा लिएका थिए । तर, लामो समय प्रतिवेदन मन्त्रिपरिषद्मा रोकिएको थियो । मन्त्रिपरिषद्लाई देखाउँदै उनले बिचौलियाहरुलाई प्रधानमन्त्री कार्यालयबाट निर्णय आएपछि काम गरिदिने आश्वासन दिने गर्दथे । न्यौपाने महेश बस्नेतनिकट मानिन्छन् ।

पछि, सरकार फेरिएपछि उनी पर्यटनसचिव हुँदै अवकाश पाएका थिए । केपी ओलीका खास मान्छे भएकाले उनले गृहसचिव पाएका थिए । तर, शेरबहादुर देउवाको मन्त्रिपरिषद्मा पनि पर्यटनसचिव हुने अवसर पाएका थिए ।

न्यौपाने धनाढ्य कर्मचारीमध्ये एक मानिन्छन् । भक्तपुर स्थायी घर भएका उनको बालुवाटारमा आलिसान घर किनेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा हुँदा एक काम गरिदिएवापत बालुवाटारको जग्गा सित्तमै पाएको र त्यही घर बनाएको स्रोत बताउँछ । ‘उहाँको बालुवाटारस्थित जग्गाको स्रोत खोज्यो भने सबै धन्दा थाहा हुन्छ,’ अख्तियारका एक कर्मचारी भन्छन्,‘गृहमा हुँदा पनि अनेक उजुरी परेका थिए ।’

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000