Logo
Logo

धरानको प्रमुखमा जितेपछि ‘भ्रष्टाचारमुक्त शहर’ बनाउने राईको प्रतिवद्धता


- दृष्टि न्युज/संवाददाता


सुनसरी, १६ मंसिर । धरान उपमहानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका तिलक राई विजयी भएका छन् । तिलक राईले २६ हजार ७०९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका प्रकाश राईले २३ हजार ९१४ मत ल्याए ।
२०७४ को निर्वाचनमा एमालेका उम्मेदवार स्व तारा सुब्बासँग चार हजार मतान्तरले हारेका राईले यस उपनिर्वाचनमा दुई हजार ७९५ मतान्तरमा विजयी भएका हुन् । विसं २०४७ पछिका हरेक निर्वाचनमा बामपन्थीहरुले जित्दै आएको धरानमा तिलक राईले इतिहास बनाएको काँग्रेसका नगर नेता प्रेम पराजुलीले बताए ।
जीतपछि राईले धरानलाई भ्रष्टाचारमुक्त शहर बनाउने र सबै जनताको सल्लाह–सुझावमा नगरको कामकारवाही अघि बढाउने बताए ।
गत मंसिर १० गतेको चुनावीसभामा प्रमुख भएपछि कुनै सेवासुविधा नलिने घोषणा गरेर उनले धरानका जनताको सहानुभूतिसमेत पाएका थिए । राई २०४८ सालदेखि काँग्रेसमा आबद्ध थिए । पार्टीको नगरसचिव हँुदै १३औँ महाअधिवेशनपछि उहाँ धरान नगर सभापतिसमेत बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्