
काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले ६४ लाख २५ हजारको दावी भुक्तानी गरेको छ ।
टीकापुर नगरपालिका–१, कैलाली घर भएका बीमित नरबहादुर साउदको यहि वैशाख १६ गते क्यान्सरका कारण निधन भएपछि टीकापुरमा आयोजित एक कार्यक्रमबीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले ६४ लाख २५ हजारको चेक मृतकका श्रीमती ज्ञानु देवी साउदलाई हस्तान्तरण गरेका हुन् ।
आफ्नो जीवनकालमा नर बहादुरले नेपाल लाइफ इन्स्योरेन्स टीकापुर शाखाबाट २०७५/०५/१३ गते ५० लाख बीमाङ्क भएको जीवन बीमा योजना लिएका थिए । बीमाङ्क बापतको रकम अन्तर्गत ५० लाख र बोनस बापत १४ लाख २५ हजार गरी जम्मा ६४ लाख २५ हजार उनका श्रीमतीलाई प्रदान गरिएको हो ।
कागजात प्राप्त भएको पाँच दिन भित्रनै भुक्तानी गरिएको कम्पनीले जनाएको । दावी प्रक्रियालाई चुस्त दुरुस्त, छिटोछरितो बनाउन कम्पनीले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आएको कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताए ।











