Logo
Logo

विवेकशील साझाले तोक्यो ११ विभाग प्रमुख, कुन विभागमा काे ?


630
Shares

काठमाडौं । विवेकशील साझा पार्टीले ११ विभाग प्रमुख तोकेको छ। बखुन्डोलमा आइतबार बसेको केन्द्रीय समिति बैठकले ११ विभाग प्रमुख तोकेको हो ।

संगठन विभाग प्रमुखको जिम्मेवारी महासचिव रञ्जु दर्शनालाई दिइएको छ । प्रशिक्षण विभाग प्रमुखमा उपाध्यक्ष प्रकाशचन्द्र परियार र उपाध्यक्ष मिलन पाण्डेलाई नीति तथा कार्यक्रम विभाग प्रमुखको जिम्मेवारी दिइएको पार्टीले जनाएको छ।

सदस्यता व्यवस्थापन विभाग प्रमुखमा उपाध्यक्ष बिमला अधिकारी घिमिरे, तथ्यांक तथा अनुसन्धान विभाग प्रमुखमा सचिव बिमल तामाङ, सूचना प्रविधि तथा सञ्चार विभाग प्रमुखमा केन्द्रीय सदस्य सूर्यदीप रेग्मी, केन्द्रीय कार्यालय व्यवस्थापन प्रमुखमा केन्द्रीय सदस्य नवराज थापालाई जिम्मेवारी दिइएको छ।

साथै वातावरण तथा सम्पदा विभाग प्रमुखमा केन्द्रीय सदस्य सुरज प्रधान, उद्यमशीलता तथा रोजगार विभाग प्रमुखमा केन्द्रीय सदस्य शिशिर बञ्जारा, अर्थ विभाग प्रमुखमा केन्द्रीय सदस्य निरञ्जन चापागाइँ र कृषि तथा सहकारी विभाग प्रमुखमा केन्द्रीय सदस्य धनेज थापालाई जिम्मेवारी दिने निर्णय भएको पार्टीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्