
काठमाडौं । सरकारले रौतहटका १० जना कैदी बन्दीलाई रिहा गरेको छ । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले कैद सजाय माफीको घोषणा गरे अनुसार रौतहट कारागारमा बन्दी जीवन बिताइरहेका १० जना रिहा भएका हुन् ।
रिहा हुनेहरूमा डाँका मुद्दामा कैदी जीवन बिताई रहेका सर्लाहीमा धनकौल ७ का मदन साह भन्ने रामाप्रवेश साह, डाँका मुद्दाका कैदी रामनगर ४ सर्लाहीका हृदय बैठा भन्ने हरिदेव बैठा, सवारी अङ्गभङ्ग मुद्दाका कमलामाई ९ सिन्धुलीका कुल बहादुर कार्की लगायत रहेका छन् ।











