Logo
Logo

रेशम छुटेपछि रमेश खरेलको आक्रोश- गणतन्त्रका कुपात्रहरुलाई विस्थापित गरौं


2k
Shares

काठमाडौं । टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरी आममाफी पाएर जेलमुक्त भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले आक्रोश पोखेका छन् ।

तीन तहको अदालतबाट जन्मकैद पाएको व्यक्तिलाई आफ्नो स्वार्थपूर्तिका लागि रिहा गरिएको भन्दै उनले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका छन् ।

‘गणतन्त्र स्थापना भएको १५ बर्ष पुगेछ । शुभकामना शुभकामना शुभकामना । अपराधी, भ्रष्टाचारी, अपहरणकारी, लुटेराहरुलाई कानुनी राज्यको धज्जी उडाइ कानुन बमोजिम कारबाही नहुने र अदालतबाट सजाय पाएकालाई समेत गणतन्त्र दिवसको नाममा आफ्नो स्वार्थको लागि रिहा गरिने र अन्धभक्तहरु १०० किलोको फूलमाला र पार्टीको झण्डासहित स्वागत गर्न ओहिरिने,’ खरेलले भने, ‘अति भयो आदरणीय दाजुभाइ, दिदीबहिनीहरु । अब हुने निर्वाचनमा चनाखो र विवेकी भइ गणतन्त्रका कुपात्रहरुलाई विस्थापित गरौं ।’

प्रतिक्रिया दिनुहोस्