
काठमाडौं । मलेसियामा जारी पहिलो टी- २० मा नेपालको महिला टिम घरेलु टोली सँग ५ विकेटले पराजित भएको छ ।
मलेसियाको बाग्नीमा भएको खेलमा नेपाल घरेलु टोलीसँग ५ विकेटले पराजित भएको हो । नेपालले दिएको ५१ रनको लक्ष्य मलेसियाले १३।२ ओभरमा ५ विकेट गुमाएर भेट्टायो ।
नेपालका लागि रुविना क्षेत्री र सीता राना मगरले दुई दुई विकेट लिइन् । यसअघि ब्याटिङ गरेको नेपालले १६।५ ओभरमा सबै विकेट गुमाएर ५० रन मात्र बनायो ।














