
काठमाडौं । नेपाल सरकारले स्वरोजगार बन्न चाहने खेलाडीहरुलाई सहुलियतपुर्ण कर्जा दिने भएको छ ।
अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा आज आर्थिक वर्ष २०८०–८१ को बजेट प्रस्तुत गर्दै खेलाडीलाई स्वरोजगार बन्न चाहेमा युवा स्वरोजगार कोषमार्फत सहुलियतपूर्ण कर्जा प्रदान गर्ने व्यवस्था गरिने बताए ।
हाल खेलाडीहरुको तलव तथा सेवा सुविधा अत्यन्त कम रहेको भन्दै आलोचना हुने गरेको थियो । बजेटबाट सरकारले खेलाडिको तलव भत्ता बढाउने आशा गरिको थियो । तर, सरकारले भने उद्यम बन्नका लागि सहुलियतमा ऋण दिने नीति अघि सारेको छ ।











