Logo
Logo

टि २० क्रिकेट- नेपाल आज पुनः मलेसियासँग भिडदै


756
Shares

काठमाडौं । दोस्रो महिला टि २० आई खेलमा आज घरेलु टोली मलेसियासँग नेपालले खेल्दैछ ।

नेपाली समय अनुसार बिहान ८ः ४५ मा बांगीमा सो खेल सुरु हुनेछ । पाँच खेलको महिला टि २० आई सिरिजमा मलेसिया नेपाल भन्दा १-० ले अघि रहेको छ ।

पहिलो खेलमा ५० रन मै अल आउट हुँदै नेपाल मलेसियासँग ५ विकेटले पराजित भएको थियो । महिला टि २० आईमा नेपालको मलेसियासँग यो पहिलो हार थियो ।

नेपाल पहिलो खेलको गल्ती सुधार गर्दै दोस्रो खेलमा जितका साथ सिरिज बराबर गर्न चाहेको कप्तान रुबिना क्षेत्रीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्