काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले विद्युतीय गाडीमा कसैलाई ‘फेबर’ गरेको भए पद त्याग्न तयार रहेको बताएका छन् ।

महतले महँगा विद्युतीय गाडीमा कर घटाएर सर्वसाधारणले बढी उपभोग गर्ने विद्युतीय गाडीको कर बढाएका थिए । उनले पत्रकार सम्मेलनमा विद्युतीय गाडीमा कर नबढेको, सस्तो भएको र स्वदेशी उद्योगलाई प्रोत्साहन गरेको बताए ।
सरकारले प्रोत्साहन गरेको र व्यवसायीको मार्जिन कस्ट बढी भएको हुँदा घटाउने काम गर्नुपर्ने भन्दै महतले विद्युतीय गाडीमा आफूले कसैलाई फेबर नगरेको दाबी गरे । ‘कसैलाई फेबर गरेको भए म अहिले नै पद छाडेर हिँड्छु,’ मन्त्री महतले भने ।
अर्थमन्त्रीले यस्तो दाबी गरे पनि विद्युतीय गाडी नबेच्ने र १०० किलोवाटभन्दा बढीको ईभी बेच्ने व्यवसायीलाई भने फाइदा भएको छ ।











