Logo
Logo

कुमारी बैंक र एनएएस–आइटीबीच सम्झौता



काठमाडौं । कुमारी बैंक लिमिटेडले आइटी क्षेत्रको विकास र प्रवद्र्धन गर्न स्थापित सूचना तथा प्रविधिसम्बद्ध संस्थाको छाता संगठन नेपाल एसोसिएसन फर सफ्टवयर एन्ड आइटी सर्भिसेज कम्पनी (एनएएस–आइटी)सँग बैंकिङ सेवासम्बन्धी सम्झौता गरेको छ ।

बैंकले एनएएस–आइटीमा आबद्ध कम्पनीलाई सरलीकृत कर्जालगायत अन्य बैंकिङ सेवा तथा सुविधा उपलब्ध गराउने सम्झौता गरेको हो । सम्झौतामा बैंकका वरिष्ठ उपप्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल तथा एनएएस–आइटीका अध्यक्ष रिचन श्रेष्ठले हस्ताक्षर गरेको जनाइएको छ ।

सूचना तथा प्रवधि क्षेत्रसँग आबद्ध भएका संस्थाहरूको गुणस्तर तथा क्षमता अभिवृद्धि गर्न सरलीकृत बैंकिङ सेवा प्रदान गर्ने बैंकले जनाएको छ । एनएएस–आइटी नेपालको सूचना तथा प्रविधि क्षेत्रमा कार्यरत संस्थाहरूको एकीकृत विकासका लागि सक्रिय रहँदै आएको जनाइएको छ ।

सूचना तथा प्रविधि क्षेत्रको विकास तथा प्रवद्र्धनका लागि सम्झौताले थप ऊर्जा प्रदान गर्ने बैंकले विश्वास व्यक्त गरेको छ । हाल बैंकले देशभरमा तीन सय दुई शाखा, दुई सय ९६ एटिएम, ६२ शाखारहित बैंकिङ एकाइ तथा ४८ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्