Logo
Logo

संसदमा आजदेखि बजेटमाथि छलफल



काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठकमा आजदेखि सरकारको वार्षिक बजेटमाथि छलफल हुँदैछ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ११ बजेदेखि बस्ने बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमाथि छलफल हुने भएको हो ।

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले वक्तव्यसहित ‘आ.व. २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यसपछि बजेटमाथि छलफल सुरु हुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । यस्तै, बैठकमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची समेत छ ।

संवैधानिक व्यवस्थाबमोजिम यही जेठ १५ गते अर्थमन्त्री डा. प्रकाशशरण महतले संसद्मा बजेट पेस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्