काठमाडौं । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । आइतबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले निष्क्रिय नागरिकता विधेयक प्रमाणिकरण गरेर असंवैधानिक काम भएको र प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण विवादास्पद रहेको भन्दै बैठक अवरुद्ध गरेपछि नियमित कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित गरिएको हो ।

सुरुमा बैठक राष्ट्रियसभा अध्यक्षले २९ मिनेटका लागि बैठक स्थगित गरेका थिए । तर, आजै बसेको दोश्रो बैठकमा पूर्व प्रतिनिधिसभा सदस्य एवं पूर्व राज्यमन्त्री मिना पाण्डेको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक भोलि दिउँसो १ बजेर १ बजे बस्नेगरी स्थगित गरिएको हो ।











