Logo
Logo

सन्दीपलाई दक्षिण अफ्रिका जाने बाटो खुल्यो


7.4k
Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विश्वकप छनोट अभ्यास खेल खेल्न सोमबार दक्षिण अफ्रिका जाने भएका छन् । जिल्ला अदालत काठमाडौंले उनी विरुद्धको मुद्दाको पेशी असार २९ गतेलाई सारेपछि नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप दक्षिण अफ्रिका पठाउने भएको हो ।

यसअघि नै राष्ट्रिय टोली दक्षिण अफ्रिका प्रस्थान गरिसकेका छन् । अदालतमा विचाराधीन मुद्दाका कारण सन्दीप सो टोलीमा छुटेका थिए । प्रत्येकपटक पेशी तोकिएको २१ दिनभित्र अनिवार्य अदालत उपस्थित हुनुपर्ने प्रावधानका कारण सन्दीप रोकिएका हुन् ।

सन्दीपमा वकिलले अर्को पेशी डेढ महिना पछाडि सार्न अदालतमा निवेदन दिएका थिए । सोही अनुसार अदालतले निवेदन स्वीकृत गरेपछि सन्दीप दक्षिण अफ्रिका जाने बाटो खुलेको हो । दक्षिण अफ्रिकामा नेपालले चारवटा अभ्यास खेल खेल्दैछ । त्यसपछि नेपालले जम्बाबेमा हुने विश्वकपको ग्लोबल क्वालिफायरमा भाग लिने क्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्