Logo
Logo

बुङमतीको संस्कृति रक्षा हुने गरि द्रुतमार्ग निर्माण हुन्छ : गृहमन्त्री


756
Shares

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले खोकना बुङमतीको संस्कृतिको रक्षा हुने गरि तराई मधेस द्रुतमार्ग निर्माण हुने बताएका छन् ।

आइतबार ललितपुरको खोकनामा ललितपुर महानगर वडा नंवर २१ को आयोजनामा नवप्रवेशी देवगणहरुको स्वागत तथा सम्मान कार्यक्रममा श्रेष्ठले द्रुतमार्गको आवश्यकता रहेको भन्दै खोकना बुङमती लगाएतका स्थानको ऐतिहासिकता र पहिचान र संस्कृतिको रक्षा गर्ने गरि फास्ट ट्रयाकका बारेमा उपयुक्त निर्णय हुने बताएका हुन् ।

उनले द्रुतमार्गका बिषयमा स्थानीयले गरेको संघर्ष र मागका बारेमा अध्ययन गर्न उपप्रधान एवं रक्षा मन्त्रीको संयोजकत्वमा कार्यदल बनेको अवस्थामा कार्यदलले सहि निर्णय गर्ने विश्वास व्यक्त गरे ।

त्यस्तै उहाले मुलुकको संस्कृति जगेर्नाका लागि देवगण लगाएत स्थानीयहरुले खेलेको भूमिकाको प्रसंसा गरे । ऐतिहासिक एवं सांस्कृतिक रुद्रायणी देवीको १२ बर्षे मेलाको अवसरमा नवप्रवेशी देवगणहरुको स्वागत तथा सम्मान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्