Logo
Logo

भारत भ्रमणबारे प्रधानमन्त्रीले संसदमा प्रष्टीकरण दिने


1.8k
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकल दाहाल प्रचण्डसँग टेलिफोन सम्वाद गरेका छन् ।

आइतबार प्रमुख विपक्षीसहित तीन दलले संसद बैठक अवरोध गरेपछि सभामुखले सदनको अवरोध हटाउन छलफल सुरु गरेका हुन् । उनले टेलिफोनमार्फत बजेट पारित गर्न समयको चाप रहेको स्मरण गराउँदै विपक्षी दलसँग संवाद गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

सभामुखले समयमा नै संवादबाट निकास खोजेर संसदको अवरोध अटाउन सरकारकार तर्फबाट पहल गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको स्रोतले जानकारी दियो ।

सभामुखसँगको संवादमा प्रधानमन्त्रीले सदनमा विपक्षीले उठाएको मागबारे आफू जानकार रहेको बताउँदै आज (सोमबार)को संसद्मा आफूले प्रष्टिकरण दिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्