Logo
Logo

मदन राईको बयान आज


756
Shares

काठमाडौं । खोटाङको सुभद्रा मदन फाउन्डेसनका सञ्चालक, कृषि विज्ञ मदन राईविरुद्ध जिल्ला अदालत खोटाङमा मुद्दा दायर भएको छ । बालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोग लगाउँदै जिल्ला सरकारी वकिल कार्यालय खोटाङले राईविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

राईविरुद्ध ३ वर्ष कैद र ७५ हजार जरिवानाको सजाय मागदाबी गरिएको छ । राईविरुद्ध आइतबार मुद्दा दायर भएको हो । अभियोगपत्रसँगै राईलाई पनि अदालतमा पेस गरिएको थियो । अदालतले आज सोमबार राईको अदालती बयान गर्ने तयारी गरेको छ । बयान सकिए आजै नै थुनछेक बहस हुने सम्भावना छ ।

७५ वर्षीय राईले आफू सञ्चालक रहेको फाउन्डेसनमा राखिएका बालबालिकालाई यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएपछि गत वैशाख २९ गते प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्