काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा जवाफ दिने क्रममा प्रतिपक्ष दलका सांसदहरुले नाराबाजी गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधिसभा बैठकमा सांसदले सोधेका प्रश्नको जवाफ दिने क्रममा उनीहरुले उठेर नाराबाजी र होहल्ला गरेका हुन् ।
प्रधानमन्त्रीले ‘संसद्ले दुईपटक पारित गरेर राष्ट्रपतिसमक्ष पठाइएको विधेयक यो संसद्मा विचाराधीन होइन’ भन्ने तर्क गर्दैगर्दा नेकपा एमालेका सांसदहरूले उठेर होहल्ला गरेका थिए ।
सभामुख देवराज घिमिरेले पटक-पटक प्रधानमन्त्रीलाई कुरा राख्न दिन अग्रह गर्दा पनि एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले प्रधानमन्त्रीलाई बोल्दा होहल्ला गरेका हुन् । प्रधानमन्त्री प्रचण्ड भने त्यसबेला रोष्ट्रममै उभिइरहेका थिए ।














