काठमाडौं । यौन दुर्व्यवहारको आरोप लागेका मदन राई धरौटीमा रिहा भएका छन् ।

सोमबार जिल्ला अदालत खोटाङका न्यायाधिश सुवासबाबु पुरीको इजलाशले उनलाई चार लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
अहिले धरौटी बुझाएर छुटिसकेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मञ्जिल मुकारङले जानकारी दिए ।














