Logo
Logo

मधेश सरकारले नीति तथा कार्यक्रम आज ल्याउँदै


378
Shares

काठमाडौं । मधेश सरकारले अगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ ।

आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशंकर मिश्रले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका हुन् । त्यसका लागि आ–आफ्नो सांस्कृतिक भेषभुषा तथा पहिरनमा बैठकमा उपस्थित भइदिन सभामुख रामचन्द्र मण्डलले सांसदहरुलाई आग्रह गरेका छन् ।

अर्थमन्त्री संजय कुमार यादवले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पुरानो योजनाहरूलाई निरन्तरता दिने र शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्