Logo
Logo

भिजिट भिसाको सेटिङबाट अध्यागमनका डिजी मालामाल



काठमाडौं । अध्यागमन विभागको महानिर्देशक हुन गृह मन्त्रालयमा शक्ति संघर्ष हुन्छ । तर, सहसचिव झलकराम अधिकारी भने विभागको महानिर्देशक हुँदा पनि खुसी छैनन् ।

अन्य विभागमा जस्तो कमाई नहुने भएकाले उनी कार्यालयभन्दा बाहिरै धेरै समय बिताउने गरेका छन् । विभागका एक कर्मचारीका अनुसार महानिर्देशक अधिकारी अफिसमाभन्दा बाहिर धेरै समय बिताउने गर्छन् । ‘कहाँ–कहाँ जानुहुन्छ थाहा छैन, कार्यालयमा भेट्न उहाँलाई गाह्रो हुन्छ,’ ती कर्मचारीले भने ।

यसअघि अधिकारी राजश्व अनुसन्धान विभागको महानिर्देशक थिए । तत्कालीन शेरबहादुर देउवा सरकारले उनलाई विभागको महानिर्देशक बनाएको थियो । तर, लामो समय टिक्न सकेनन् ।

आरजु देउवालाई केही प्रतिवद्धता जनाएर विभागमा गएका उनलाई केही महिनामै हटाएर मदन दाहाललाई महानिर्देशकमा पठाइएको थियो । प्रतिवद्धता पुरा नगरेको भन्दै त्यतीबेला उनलाई हटाइएको स्रोत बताउँछ ।

अहिले अध्यागमनमा भिजिट भिसाको सेटिङमा भने अधिकारीले लाभ लिइरहेका छन् । तर, विमानस्थल अध्यागमन कार्यालयमा सिधैं मन्त्रालयले कर्मचारीले खटाउने गरेकोमा उनको असन्तुष्टि छ । विभागले कर्मचारी खटाउन पाउनुपर्ने माग उनले गरेका छन् ।

भिजिट भिसा अहिले खुल्ला जस्तै छ । एयरपोर्ट कार्यालयका प्रमुख रामबन्धु सुवेदीसँग मिलेर उनले लाइन चलाएका छन् । साथै विमानस्थलमा इ–गेट राख्ने भन्दै नयाँ प्रोेजेक्ट ल्याएर कमिसन खाने योजना पनि अघि बढेको छ । अवैध रुपमा नेपालमा धर्मप्रचार गरेर बस्नेमाथि पनि विभागले सेटिङ मिलाएर कारबाही गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्