Logo
Logo

धनगढीका लागि उडेको श्री एयरको जहाज काठमाडौं फिर्ता



काठमाडौं । काठमाडौंबाट धनगढीका लागि उडेको जहाज काठमाडौं फिर्ता भएको छ । आज (मंगलबार) धनगढी जाँदै गरेको विमानको ढोका एक्कासी खुलेपछि जहाज काठमाडौं फिर्ता भएको हो ।

ढोका खुलेको जहाजलाई ३० मिनेट आकाशमा उडाएर पुनः काठमाडौैं फर्काइएको र त्यहाँ अवतरण गरिएको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले जानकारी दिए । उनका अनुसार जहाजमा रहेका यात्रु सबै सुरक्षित छन् ।

त्रिभुवन विमानस्थलले भने जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौं नै अवतरण गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्