Logo
Logo

करको दर हेरफेरबारे संसदीय समिति बनाउन एमालेको माग


567
Shares

काठमाडौं । नेकपा एमालेले बजेट निर्माणका बेला अनाधिकृत व्यक्तिलाई घुसाएको भन्दै संसदीय समिति बनाएर छानविन गर्न माग गरेको छ ।

एमाले प्रमुख सचेतक पदम गिरीले बजेट निर्माणमा पूर्वनायब सुब्बा घुसाएकोबारे संसदीय समिति बनाएर छानबिन नगरिए संसद् चल्न नदिने बताए ।

बजेटमा करको दर हेरफेरमा पूर्वनासु रामकृष्ण श्रेष्ठलाई प्रवेश गराएको भन्दै सोमबारको संसद बैठकमा राप्रपाका सचेतक ज्ञानबहादुर शाहीले प्रश्न उठाएका थिए ।

प्रतिनिधिसभामा बजेटमाथि छलफल हुने कार्यसूची छ । तर, आज पनि एमाले, रास्वपा र राप्रपाले विरोध गर्ने भएपछि ११ बजेका लागि बोलाइएको बैठक बस्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्