
काठमाडौं । नेपाली कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार गठनको पहल थालने भएको छ । कांग्रेस संसदीय दलको मंगलबार बसेको बैठकले आफु नेतृत्वमा नयाँ सरकार गठनको पहल गर्ने निर्णय गरेको हो ।
कोशीमा जसपा र माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै एमाले नेतृत्वको सरकार अल्पमतमा परेको छ । कोशीमा माओवादी केन्द्रले पनि मुख्यमन्त्रीमा दाबी गरेको छ ।











