Logo
Logo

नासुलाई विधेयक टाइप गर्न ल्याएको हो : अर्थमन्त्री


1.9k
Shares

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशरण महतले आर्थिक विधेयक टाइप गर्नका लागि अवकाशप्राप्त नासुलाई ल्याएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै अर्थमन्त्री डा. महतले त्यहाँ रामकृष्ण श्रेष्ठलाई आफू आउनुभन्दा अगाडि नै नियुक्ति गरिएको बताए ।

उनले भने, ‘निर्णय प्रक्रियामा मसहित सचिवहरू तथा महानिर्देशक मात्र संलग्न थियौँ । हामीले भनेअनुसार टाइप गराउने काम श्रेष्ठलाई गराएका थियौँ ।’

बजेटमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको विषयमा मिडियामा असत्य खबर सार्वजनिक भएको जिकिर गर्दै उनले आफू इमानदार भएर बजेट ल्याए पनि प्रश्न उठाइएको बताए ।

कुनै पनि प्रभावबाट मुक्त भएर काम गर्छु भन्ने प्रतिबद्धता लिएर काम गरेको उनले उल्लेख गरे । उनले बजेटमा निजी स्वार्थ पूरा नभएपछि आफूमाथि प्रश्न गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्