Logo
Logo

काभ्रेमा थप दुई विश्वबिद्यालय स्थापना हुँदै


- दृष्टि न्युज/संवाददाता


काठमाडौ, २२ मंसिर ।
काभ्रे सेवा समाजले काभ्रे स्थायी घर भएर विभिन्न क्षेत्रमा सफल व्यक्तिहरुलाई सम्मानित गरेको छ । समाजको सातौं साधारणसभाको अवसरमा शनिबार सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले उनीहरुलाई सम्मानित गरेका हुन् ।


सम्मानित हुनेहरुमा मुर्तिकार ठाकुरप्रसाद मैनाली, सर्वाेच्च अदालतकी न्यायधीश सुष्मालता माथेमा, इतिहाविद् ज्ञानकाली मानन्धर, धुलिखेलका पूर्व नगर प्रमुख वेलप्रसाद श्रेष्ठ, ऊर्जा, जलस्रोत तथा सिञ्चाई सचिव रविन्द्रनाथ श्रेष्ठ, शिक्षासेवी राजेन्द्र जोशी, साहित्यकार डा. गीता त्रिपाठी, राष्ट्रिय सभाका सचिव राजेन्द्र फु¥याल, पत्रकार फूलमान बल, समाजसेवीहरु गोेरेबहादुर थापा, सुधा सिलवाल लगायत छन् ।
समाजले हरेक वर्ष साधरणसभामा जिल्लाका अग्रज व्यक्तिहरुलाई सम्मानित गर्दै आएको छ ।
कार्यक्रममा बोल्दै सञ्चारमन्त्री बाँस्कोटाले जिल्लाको विकासका लागि सरकारले अघि बढाएका योजनाबारे जानकारी दिएका थिए । सुर्य्बिनायक– धुलिखेल सडक ६ लेनको बन्ने, पाँचखालमा सुरुङमार्ग बन्ने योजना अघि बढेको उनले बताए ।
त्यस्तै मदन भण्डारी साइन्स एण्ड टेक्नोलोजी विश्वबिद्यालय र डिफेन्स विश्वबिद्यालय समेत काभ्रे जिल्लामा स्थापना हुन लागेको उनले जानकारी गराएका थिए । जिल्लाको पर्यटन विकासका लागि महाभारत क्षेत्रमा पर्यटकलाई ट्रेकिङ लैजान महाभारत टे«ेल बनाउने योजना अघि बनिसकेको र तीन करोड बजेट विनियोजन भएको बताए । सेक्युरिटी प्रिन्टिङ प्रेस बनेपामा स्थापना हुने निश्चित भएको उनको भनाई छ । त्यस्तै पाँचखालमा सार्क महिला उद्यमी ग्राम, सेज लगायतका योजना पनि अघि बढेको जानकारी गराए । आगामी १० वर्ष्भित्र काभ्रेमा विकासका लागि दृई खर्बभन्दा धेरै खर्च हुने र त्यसपछि राजधानी काभ्रे छिर्ने मन्त्री बाँस्कोटाको भनाई थियो ।
कार्यक्रममा समाजका अध्यक्ष केशब थापा, पूर्व अध्यक्ष प्रल्हाद केसी लगायतले समाजले जिल्लाको विकासको लागि गरेको पहलबारे बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्