Logo
Logo

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज


882
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । हृदयाघात भएपछि मंगलबार शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र भर्ना भएका राष्ट्रपति पौडललाई आज बिहान ८ बजे डिस्चार्ज गरिएको हो ।

उनको स्वास्थ्य अवस्था समान्य भएपछि डिस्चार्ज गरिएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ । मंगलबार गंगालाल हृदयरोग केन्द्रमा पौडेलको मुटुको नसा एन्जिओप्लास्टी गरेर खुलाइएको थियो ।

उपचारमा संलग्न चिकित्सकका अनुसार उनको मुटुको दाहिनेतर्फको नसामा बोसो जमेर रक्तसञ्चार ब्लक हुँदा हृदयाघात भएको थियो ।

प्रतिक्रिया दिनुहोस्