
काठमाडौं । भुजेल महिला समाजको चौथो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । जेष्ठ २७ र २८ गते तनहुँमा भएको सम्मेलनले बसुन्धरा घर्ती (भुजेल)को नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
वरिष्ठ उपाध्यक्षमा ढक माया भुजेल , उपाध्यक्षमा भक्तकुमारी भुजेल, महासचिवमा अम्बिका भुजेल, सचिवमा सिता भुजेल, एकु माया भुजेल, ईन्दु खुवास, सरस्वती भुजेल र कोषाध्यक्ष भावना भुजेल सर्वसम्मत निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यहरुमा सरस्वती भुजेल, विना भुजेल, इन्दिरा भुजेल, सुस्मा भजेल, ओमकुमारी भुजेल, र सुनकुमारी भुजेल चयन भएका छन् ।











