Logo
Logo

राष्ट्रपतिको स्वास्थ्य अवस्था सामान्य छ : शीतल निवास


378
Shares

काठमाडौं । शीतल निवासले राष्ट्रपति रामचन्द्र पौडेलको अवस्था सामान्य रहेको जनाएको छ ।

एक विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको कार्यालयले आज बिहान ८ बजे अस्पतालबाट डिस्चार्ज भएका पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको हो ।

‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू नियमित स्वास्थ्य परीक्षण, उपचार तथा २४ घण्टा चिकित्सकहरूको अवलोकनपछि आज बिहान ८ बजे सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रबाट डिस्चार्ज भई राष्ट्रपति निवास फर्कनुभएको छ । सम्माननीय राष्ट्रपतिज्यूको स्वास्थ्य अवस्था सामान्य छ,’ विज्ञप्तिमा भनिएको छ ।

मुटु जाँचका लागि राष्ट्रपति पौडेल मंगलबार अस्पताल भर्ना भएका थिए ।

प्रतिक्रिया दिनुहोस्