Logo
Logo

जसपाले बोलायो केन्द्रीय समितिको बैठक


1.5k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । जसपाले विधान अधिवेशनको तयारी गर्न असार ९ गते बिहान १० बजेका लागि बैठक बोलाएको हो ।

केन्द्रीय कार्यालयमा बस्ने बैठकमा केन्द्रीय कार्यकारिणी समितिले विभिन्न समिति र सङ्गठनहरुले पठाएका सुझावहरु समेटेर तयार पारेको संशोधित विधानबारे छलफल हुने केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

जसपाले असार १०, ११ र १२ गते काठमाडौंमा विधान अधिवेशन गर्दै छ । विभिन्न समिति र सङ्गठनबाट गरी ७७८ जना प्रतिनिधिहरु विधान अधिवेशनमा सहभागि हुनेछन्, जसमध्ये ४२३ जना केन्द्रीय समिति सदस्यहरु छन् ।

केन्द्रीय समिति विधान अधिवेशन आयोजक समिति भएकाले जसपाका ४२३ जना केन्द्रीय सदस्यहरु स्वतः विधान अधिवेशनका प्रतिनिधि हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्