Logo
Logo

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सर्वसम्मत अनुमोदित


1.9k
Shares

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा प्रस्तावित हरिकृष्ण कार्कीको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।
समितिले दुई दिनको सुनुवाइपछि कार्कीको नाम आज बिहीबार अनुमोदन गरेको हो ।

कार्की वैशाख २५ गते प्रधानन्यायाधीश सिफारिस भएका थिए । त्यतिबेला संसदीय समिति गठन नभएका कारण बिहीबारदेखि मात्रै उनको सुनुवाइ सुरू भएको थियो ।

कार्कीले बिहीबार कार्ययोजना पेश गरेका थिए भने आज शुक्रबार प्रश्नोत्तर भएको थियो । लगतै समितिले उनको नाम सर्वसम्मत अनुमोदन गरेको छ । अब राष्ट्रपतिले नियुक्त गरेपछि कार्की प्रधानन्यायाधीश हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्