Logo
Logo

बाबुको हत्या आशंकामा आमा-छोरा पक्राउ


- दृष्टि न्युज/संवाददाता


सुर्खेत, २५ मंसिर । पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिका–२ मालनेटाबाट बाबुको हत्या आशंकामा आमा–छोरालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छिन्चुका अनुसार सोही ठाउँका ४७ वर्षीय लोकबहादुर बिसीको हत्या आशंकामा श्रीमती सुमित्रा र छोरा कमल बिसीलाई पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरोज चौलागाईंका अनुसार लोकबहादुरको शव घरदेखि ५० मिटर टाढा गोरेटो नजिक सोमबार फेला परेको थियो । उनले भने, ‘घरभित्र हत्या गरेर बाहिर फालेको जस्तो देखिएको छ । अनुसन्धानका लागि मृतककी श्रीमती र छोरालाई नियन्त्रणमा लिइएको हो, अनुसन्धान हुँदैछ ।’

प्रतिक्रिया दिनुहोस्