Logo
Logo

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित


756
Shares

काठमाडौं । प्रतिनिधिसभाको आज बसेको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।

बैठकमा २०८०/८१ को मन्त्रालयगत बजेटमाथिको छलफलको क्रममा सहरी विकास मन्त्रालयको छलफल पुस्तिकामा लुम्बिनि प्रदेशको नामको स्थानमा नम्बर लेखिएपछि नेकपा एकालेका सांसद सुर्य थापाले उक्त त्रुटिका साथ मन्त्रालयको विषयमा छलफल अगाडी बढाउन नसकिने भन्दै आपत्ति जनाएपछि बैठक स्थगित गरेका हुन् ।

उनले आपत्ति जनाएपछि शहरी विकास मन्त्री सिता गुरूङले त्यसमा त्रुटि भएको भए सच्याइने बताएका थिए। त्यसमाथि सभामुख घिमिरेले पनि रूलिङ गरेका थिए।

तर उनले बजेटमा प्रदेशको नाम लेखेर मात्रै विधेयक अघि बढाउन आग्रह गरे । उनले लुम्बिनी प्रदेशको ठाउँमा प्रदेश नम्बर ५ लेखिएको भन्दै आपत्ति जनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्