काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बिगतको सरकारले अघि बढाएको आधारभूत अस्पतालको निर्माण प्रक्रिया अघि बढाउन माग गर्दै स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतलाई ज्ञापन पत्र बुझाएको छ ।

मंगलबार एमाले स्वास्थ्य तथा जनसंख्या बिभागका प्रमुख कृष्ण गोपाल नेतृत्वको टोलीले बिगतको सरकारले ३९६ स्थानमा आधारभूत अस्पतालको शिलान्याश गरेपनि अहिले बजेटका अभावका कारण निर्माणले गति लिन नसकेको भन्दै निर्माण प्रक्रिया अघि बढाउन माग गर्दै स्वास्थ्यमन्त्री बस्नेतलाई ज्ञापन पत्र बुझाएको हो ।
त्यस्तै, एमालेले संघीय स्वास्थ्य सेवा ऐन तत्काल ल्याउनुपर्ने तथा जनस्वास्थ्य सेवा ऐन २०७५ र जनस्वास्थ्य सेवा नियमावली २०७७ को पूर्ण कार्यान्वयन लगाएतका ११ बुदेँ माग अघि सारेको छ ।
ज्ञापन पत्र बुझाउदै एमाले स्वास्थ्य तथा जनसंख्या बिभागका प्रमुख कृष्ण गोपाल श्रेष्ठले स्वास्थ्य सेवामा देखिएका समस्या समाधान गर्दै स्वाथ्यकर्मीलाई देशमै काम गर्ने वातावरण बनाउनुपर्ने धारणा राखे । उनले स्वास्थ्य जस्तो महत्वपूर्ण क्षेत्रमा बजेट कम हुनु उचित नभएको उल्लेख गरे ।











