Logo
Logo

भ्यू टावर र सिटी हलको आवश्यकता छैन : कार्की


756
Shares

काठमाडौं । सत्तारुढ कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकका लागि ठूल्ठुला भ्यू टावर र सिटी हलको आवश्यकता नभएको बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा विभिन्न मन्त्रालयका लागि विनियोजित बजेटका शीर्षकमाथिको छलफलमा मंगलबार भाग लिँदै उनले अहिले भ्यू टावरको आवश्यकता नरहेको बताए ।

सांसद कार्कीले देशको कुनै एउटा ठाउँमा भए पनि ऐतिहासिक हरित र सांस्कृतिक सहर निर्माण गर्ने काममा ध्यान दिन सरकारलाई सुझाव दिए । गरिब आवास कार्यक्रमलाई झारा टार्ने ढंगले अघि नबढाउन पनि सरकारलाई उनले सचेत पनि गराए । ण्

‘हामीले बजेटमा उल्लेख गरेका छौं–अति विपन्न, लोपोन्मुख, दलित र सिमान्तकृत नागरिकहरूलाई आवास दिने बजेटमा हामीले जुन कुरा उल्लेख गरेका छौं । कमसेकम हाम्रो मन्त्रीको कार्यकालमा देखिने हिसाबले यो क्षेत्रमा विकास होस भन्ने म चाहन्छु । अहिले हामीलाई ठूल्ठुला सहरको भन्दा गाउँलाई सहर बनाउने होइन । गाउँलाई सुविधासम्पन्न र व्यवस्थित गाउँ निर्माण गर्ने दिशामा पनि यो मन्त्रालयको ध्यान जान जरुरी छ’, उनले भने, ‘यो मन्त्रालयले हाम्रो सांस्कृतिक हिसाबले, ऐतिहासिक हिसाबले हाम्रो मुलुक धेरै सम्पन्न र समृद्ध मुलुक हो । ऐतिहासिक हरित र सांस्कृतिक एउटा भए पनि सहरको प्रारम्भ गर्न अहिले जरुरी छ । अहिले भ्यूटावरका, ठूल्ठूला सिटी हलको अहिले आवश्यकता छैन ।’

अहिले सरकारको ध्यान दलित, विपन्न र सिमान्तकृत नागरिकलाई आवास उपलब्ध गराउनेमा हुनुपर्ने सांसद कार्कीको भनाई छ । बजेटमा उल्लेख गर्ने तर काम नगर्ने जस्तो व्यवहार सही नभएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्