Logo
Logo

सुनको भाउ प्रतितोलामा ८ सय रुपैयाँ घट्यो


2.1k
Shares

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको भाउ अघिल्लो दिनका तुलनामा ८ सय रुपैयाँले ओरालो लागेको छ ।

बुधबारका लागि कारोबार सुनको भाउ प्रतितोला १ लाख ११ हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबारका तुलनामा मंगलबार तोलामा २ सय रुपैयाँ घटेर कारोबार मूल्य कायम भएको थियो।

त्यस्तै आज चाँदी प्रतितोला ४५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ३८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबारका तुलनामा मंगलबार १० रुपैयाँ घटेर प्रतितोला १ हजार ४३० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्