Logo
Logo

प्रत्येक नेपालीको थाप्लोमा ७४ हजार ५१६ रूपैयाँ ऋण


756
Shares

काठमाडौं । नेपालको सार्वजनिक ऋण २१ खर्ब ७३ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्म मुलुकको आन्तरिक ऋण १० खर्ब ९९ अर्ब ७२ करोड र बाह्य ऋण १० खर्ब ७३ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ ।

चालु आर्थिक वर्षको जेठ मसान्तसम्म तीन खर्ब ६ करोड रुपैयाँ ऋण थप भएको छ । आन्तरिकतर्फ दुई खर्ब २० अर्ब ३८ करोड रुपैयाँ ऋण थप भएको हो भने बाह्यतर्फ ७९ अर्ब ६७ करोड रुपैयाँ थप भएको छ ।

उक्त अवधिसम्म सरकारले दुई खर्ब पाँच अर्ब १६ करोड रुपैयाँ सावाँ र ब्याज भुक्तान गरेको छ । आन्तरिकतर्फ एक खर्ब ६४ अर्ब ४८ करोड रुपैयाँ र बाह्यतर्फ ४० अर्ब ६८ करोड रुपैयाँ ऋण तिरेको हो ।

त्यस्तै बाह्य ऋणको साँवा ब्याज भुक्तानीमा ४० अर्ब ६८ करोड ४२ लाख रुपैयाँ बराबर खर्च भएको छ । बाह्य ऋणको साँवा भुक्तानीमा ३१ करोड ९९ लाख ८८ हजार र ब्याज भुक्तानीमा आठ अर्ब ६८ करोड ५४ लाख रुपैयाँ बराबर खर्च भएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको नेपालको जनगणना २०७८ अनुसार कुल जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ बराबर छ । कुल सार्वजनिक ऋणलाई कुल जनसङ्ख्यासँग तुलना गर्दा प्रतिव्यक्ति ऋण ७४ हजार पाँच सय १६ बराबर पर्न जान्छ ।

प्रतिक्रिया दिनुहोस्